विराट मेडिकल अगाडी भएको दुर्घटनामा गम्भीर घाइतेको पहिचान खुलेन,आफन्तको खोजी

विराट मेडिकल अगाडी भएको दुर्घटनामा गम्भीर घाइतेको पहिचान खुलेन,आफन्तको खोजी

विराटनगर । बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइतेको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । बुधबार दिउँसो प्र–०१–००–४६१३ एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते अन्दाजी ४०–४५ वर्षीया महिलाको आफन्त पहिचान हुन नसकेको हो ।

गम्भीर घाइते महिलाको आईसीयू-भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालका काउन्टर विभागका इन्चार्ज दुर्गाबहादुर बिष्टले जानकारी दिनुभयो । प्रहरीले एम्बुलेन्सका चालक घनश्याम कुँवरलाई नियन्त्रणमा लिएको भएपनि घाइतेको पहिचान नखुल्दा असजिलो भएको छ । अस्पताल अगाडीको सडकमा पैदल हिडिरहेको अवस्थामा महिलालाई एम्बुलेन्सले ठक्कर दिएको थियो ।

गम्भीर घाइतेको आफन्त सम्पर्कमा नआउँदा उपचारमा समेत समस्या परिरहेको छ । गम्भीर घाइते भएका कारण विराटले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको इन्चार्ज बिष्टले जानकारी दिनुभयो । प्रहरीले घाइतेको पहिचान र आफन्तको खोजी गरिरहेको भएपनि दिनभरमा पत्तो पाउन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्