पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इटहरी । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए । घाईते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैचाका दिल बहादुर कामी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्