ओबी समाचार प्रभाव  :दुर्घटनापछि विराटमा उपचारतः घाइते महिलाका आफन्त सम्पर्कमा

ओबी समाचार प्रभाव  :दुर्घटनापछि विराटमा उपचारतः घाइते महिलाका आफन्त सम्पर्कमा

विराटनगर । बुढीगंगा गाउँपालिका स्थित विराट मेडकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी बुधबार दिउँसो दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेको छ । मोरङको बवियाबिर्ता निवासी ५० वर्षीया रम्बा मेहता एम्बुलेन्सको टक्करबाट गम्भीर घाइते हुनु भएको थियो ।

टंकीमा रहेको छोरीको घर आउने क्रममा एम्बुलेन्सले ठक्कर दिएपछि विराटको भेन्टिलेटरमा भर्ना गरेर उहाँको उपचार भईरहेको छ । तर, दुर्घटनापछि उहाँको पहिचान नखुलेका कारण आफन्तविहीन हुनु भएको थियो ।

आवर विराटनगरलाई विराट मेडिकल कलेजका काउन्टर डिपार्टमेन्ट इन्चार्जले बुधबार साँझ घटना बारे जानकारी दिनुभएपछि घाइते महिलाको विषयमा समाचार सामाग्री प्रकाशन गरिएको थियो । त्यसपछि टंकीमै रहनु भएकी छोरीले आफ्नी आमा भएको भन्दै विराटको सम्पर्कमा आउनु भएको विष्टले जानकारी दिनुभयो । घाइते मेहताको अवस्था गम्भीर रहेको छ । प्रहरीले दुर्घटनापछि एम्बुलेन्स र चालकलाई हिजै नियन्त्रणमा लिईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्