एम्बुलेन्सको ठक्करबाट घाइते भई उपचारतः महिलाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट घाइते भई उपचारतः महिलाको मृत्यु

विराटनगर । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र–१–०२००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएर घाइते महतोको उपचारकै क्रममा मृत्यु भएको हो ।

घाईते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक, ट्रक चालक नबिन खवास र एम्बुलेन्स, एम्बुलेन्स चालक घनश्याम कुवार नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्