नेकपाका केन्द्रिय सदस्य गुरु बराल घाईते (फोटो फिचर)

नेकपाका केन्द्रिय सदस्य गुरु बराल घाईते (फोटो फिचर)

विराटनगर । नेपाल कम्युष्टि पार्टी (नेकपा)का केन्द्रिय सदस्य गुरु बराल घाईते भएका छन् ।

नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले विराटनगरमा बिहीबार आयोजना गरेको मोटरसाईकल र्यालीको उद्घाटन गर्ने क्रममा लडेर उनको टाउकोमा चोट लागेको हो । र्याली निस्कनेक्रममा पाञ्चाली मोडमा बा २१ च ५४१४ नम्बरको गाडीबाट उनी लडेका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्णकदको तस्बिर राखिएको गाडीमा चढेर र्यालीको उद्घाटन गर्ने क्रममा थिए  ।

घाइते भएपछि बरालको विराट टिचिङ अस्पताल लगिएको थियो । उनको टाउकोको सिटिस्क्यान गरिएको छ भने स्वास्थ अवस्था हाल सामान्य देखिएको अस्पताल स्रोतले जानकारी दिएका छन् ।हाल उनको अवस्था सामान्य भएकाले घरमै आराम गरिरहेका छन् ।

बराल केहि विराटनगरमा ८ गते आयोजना हुन लागेको प्रधानमन्त्री सम्मिलित हुने नेकपाको ओली समुहको आमसभाको तयारीमा सक्रिय भइ खटिरहेका थिए ।

 

तस्वीर : प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्