विराटनगरमा ओली समुहको बृहत मोेटरसाईकल र्याली (फोटो फिचर)

विराटनगरमा ओली समुहको बृहत मोेटरसाईकल र्याली (फोटो फिचर)

विराटनगर । नेकपा ओली समूहको राष्ट्रिय युवासङ्घले विराटनगरमा बिहिबार शक्ति प्रर्दशनको संकेत दिदै बृहत मोेटरसाईकल ¥याली निकालेको छ ।


नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले आयोजना गरेको बृहत मोटरसाईकल ¥यालीले विराटनगरको विभिन्न भाग परिक्रममा गरेको थियो ।


विराटनगरको पञ्चाली स्थित पार्टी कार्यलयबाट निस्कीएको ¥यालीमा ५ हजार भन्दा बढीले सहभागिता जनाएको बृहत मोटरसाईल ¥यालीका संयोजक मुकेश बुढाथोकीले जानकारी दिए ।
पार्टीक कार्यालयबाट निस्कीएको ¥यालीले पाञ्चालीमोड हुदै रोडशेषबाट मेनरोड हुदै राजवंशीचौकबाट पुन महेन्द्रचौक हुदै ट्राफिक चौकमा आएर विर्सन गरेको थियो । यसैक्रममा बृहत मोटरसाईल ¥यालीमा नेपाल कम्युष्टि पार्टी (नेकपा)का केन्द्रिय सदस्य गुरु बराल घाईते भएका छन् ।


र्याली निस्कने क्रममा पाञ्चाली मोडमा बा २ च ५४१४ नम्बरको गाडीबाट उनी लडेका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्णकदको तस्बिर राखिएको गाडीमा चढे्ने क्रममा गाडीको पछाडी पटीको भाग फुस्किएर लड्न पुगेका थिए । उनको विराट टिचिङ हस्पिटलमा उपचारपछि घर ल्याएको परिवारीक स्रोतले जनाएको छ ।

तस्वीर प्रेम देवान / आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्