राजवंशी समुदायलाई आदिवासी जनजातिमा सुचिकृत गर्ने मन्त्री ढकालको आश्वसन

राजवंशी समुदायलाई आदिवासी जनजातिमा सुचिकृत गर्ने मन्त्री ढकालको आश्वसन

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले तराइको राजवंशी सामुदायहरू भूमि पत्र भएकोले विराट राजवंशीलाई आदिवासी जनजातिमा सृचिकृत गरेर लैजाने आश्वसन दिएका छन् ।

राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा बिहीबार आयोजना गरेको १४ औं राष्ट्रिय भेलामा बोल्दै मन्त्री ढकालले विराट राजवंशीलाई सम्मान गर्दै आदिवासी जनजातिमा सृचिकृत गरेर लैजाने बताएका हुन् ।
‘संविधान लेख्ने क्रममा सृचिकृत गरिने क्रमबाट छटनुभयो होला । सुरूवातमा १२३ वटा जातियलाई सुचिकृत गरेको थियो । त्यसपछि १२५ भयो । अहिले १२७ जातिलाई सुचिकृत गर्न लगिएको छ,’ मन्त्री ढकालले भने, ‘यहाँ आएपछि थाहा भयो । अब भूमि पुत्र विराट राजवंशीलाई पनि समावेश गरि १२८ जातिलाई आदिवासी जनजाचितमा सृचितक गर्न पहल गर्नेछु । तपाइहरूलाई विश्वास दिलाउन चाहन्छु ।’


सरकारले जायज मागको तत्काल सुनवाइ गर्ने उनले बताए । ‘केही व्यक्तिहरू अहिले रहरका लागि आन्दोलन गर्दैछन्,’ मन्त्री ढकालले भने, ‘जायज मागको लागि आन्दोलन गरिरहनु पर्दैन । सरकारलाई भनिदिनुभयो भने त्यो सरकारले सुनवाइ गर्नेछ ।’ आदिवासी जनजातिमा सुचिकृत गर्ने संघिय मामिला मन्त्रालय अन्र्गत पर्ने भएकोले यसको पहल म आफै गर्ने उनले बताए ।
कार्यक्रममा नेकपामा केन्द्रीय सदस्य सत्यनारायण चौधरीले यहाँका राजवंशीहरू प्रकृतिका पुजारी भएकोले उनीहरूको भाषा, संस्कृतिको संरक्षण गर्दै राज्यले आदिवासी जनजाति महासंघमा सृचिकृत गरिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्