प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना

प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना

विराटनगर । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गर्नु भएको छ । अहिलेको उपलब्धीमाा नेपालमा प्रजातान्त्रिक आन्दोलनले आधार तयार गरेको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीले छुट्टाछुट्टै विज्ञप्तीमार्फत शुभकामना व्यक्त गर्नु भएको हो ।

प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिहरुको जगमा उभिएर निरन्तर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएको संघर्ष र आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान वीर शहीदहरुलाई स्मरण गर्दै उहाँहरुप्रति भावपुर्ण श्रदान्जली सहित श्रद्धासुमन अर्पण गर्दछु, मुख्यमन्त्रीद्वारा प्रेसित विज्ञप्तीमा भनिएको छ । शहिदहरुका अधुरा सपनाहरुलाई पुरा गर्ने बाचा र प्रतिबद्वता समेत ब्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्