विराटनगर कारागारका ३० जनाको कैद मिनाहा

<span class='c1'>विराटनगर कारागारका ३०</span> <span class='c2'>जनाको कैद मिनाहा</span>

विराटनगर । विराटनगर कारागारबाट ३० जना र बालसुधार गृहबाट १ गरि ३१ जनाले कैदीको कैद सजाय मिनाहा भएको छ । विराटनगर कारागारका जेलर सुवास लामिछानेका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको हो ।

विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा धेरै कर्तव्य ज्यान मुद्दाका १६ जना रहेका छन् । यसैगरी सवारी ज्यानमा ६ जना, ज्यान मार्ने उदोगमा ३ जना, कुटपिट अंगभङ्ग २ जना, डाका एक र चोरी एकजनारहेका छन् । यसैगरी गौबधमा एकजनाले कैद मिनाहा पाएका हुन् । बालसुधार गृहमा लापवाहीबाट हत्या, हातहतियार खरखजनाका एकजना कैदीको कैद मिनाहा भएको लामिछानेले जानकारी दिनुभयो ।

नेपाल सरकारले चार सय एक जना कैदीको कैद सजाय मिनाहा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमा माफी मिनाहा गरिदिएकी हुन् । प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीलाई सजाय छुट दिने व्यवस्था र मापदण्ड अनुरुप सरकारले यो निर्णय लिएको हो ।

प्रत्येक वर्ष प्रजातन्त्र दिवसका अनवसारमा विभिन्न कारागारमा रहेका कैदीलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजायमा माफी दिने गरिएको छ । आज ९शुक्रबार० देखि लागू हुने गरेर कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा सरकारबाट भएको हो ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्