इटहरी प्रहरीद्वारा २२ महिनामा ९६ लाख मूल्यको मोवाइल फिर्ता 

इटहरी प्रहरीद्वारा २२ महिनामा ९६ लाख मूल्यको मोवाइल फिर्ता 

विराटनगर । इलाका प्रहरी कार्यालय, इटहरीले हराएका तथा चोरी भएका ३० थान मोवायल फेला पारेर सम्बन्धित धनिलाई फिर्ता दिएका छन् । प्रहरीले पाँचलाख ५३ हजार ३०० मूल्य बराबरको मोवायल फेला पारेर फिर्ता दिइएको हो ।

इप्रका इटहरीमा २०७६ बैशाखदेखि सिडिआर शाखा स्थापना गरिएको थियो । त्यस यता मात्रै ३६४ वटा मोवायल बरामद गरेर सम्बन्धित धनिलाई फिर्ता दिइसकिएको छ ।

प्रहरीले यस अवधीमा ९६ लाख २८ हजार २० रुपैँया बराबरको मोवायल फेला पारेको इप्रका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार १२ थान मोवायल बुझ्न अझै सम्बन्धित धनी आएका छैनन् । मोवायल धनीको पहिचान नभएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्