विराटनगरमा ओलीको कार्यक्रम भोली, सम्पूर्ण तयारी पुरा

विराटनगरमा ओलीको कार्यक्रम भोली, सम्पूर्ण तयारी पुरा

विराटनगर । भोली (शनिबार) विराटनगरमा प्रधानमन्त्री के.पी. ओलीले सम्बोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ । विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको लागी मञ्च व्यावस्थापनदेखी सहभागी बस्ने ठाँउको व्यावस्थापन पुरा भएको नेकपाले जनाएको छ ।

शनिबार हुने कार्यक्रमको लागी ओली समूहको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिसकेको छ । कार्यक्रमलाई सफल बनाउन नेकपाले यस अघि नै विभिन्न जिल्लाहरुमा बृहत मोटरसाईकल ¥याली तथा मार्चपास समेत गरिसेकोको छ ।

भोलीको कार्यक्रममा प्रदेश नम्बर १ बाट १ लाख भन्दा बढी मानिसहरू जनभासमा उतार्ने तयारी रहेको आयोजकले जनाएको छ । विशेष गरेर मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी भईरहेको छ ।
केपी शर्मा ओलीले सम्बोधन गर्न लागेको कार्यक्रममा ओली बाहेक ग्रहमन्त्री राम बहादुर थापा बादल, नेता सुभाष नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत अन्य नेतागणहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको । कार्यक्रम आयोजक समितिले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्