प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशनको प्रदेश तथा जिल्ला समिति पुर्नगठन

प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशनको प्रदेश तथा जिल्ला समिति पुर्नगठन

विराटनगर । नेकपा सरकार (ओली) पक्षीय इन्जिनियरहरु आवद्ध जनवर्गिय संगठन प्रोग्रेशिप इन्जिनियङ्ग एशोसिएशन नेपालको प्रदेश १ स्तरीय समिति पुर्नगठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको सभालाई सम्बोधन गर्न आउने कार्यक्रममा सहभागी हुने गरि १४ जिल्लाबाटै विराटनगर आईपुगेका इन्जिनियरहरुले प्रदेश तथा जिल्लामा समिति पुर्नगठन गरेका हुन् ।

शुक्रबार विराटनगरमा आयोजित भेलाको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गर्नु भएको थियो । त्यसपछिको बन्दसत्रबाट प्रदेश तथा जिल्लाका समितिहरु गठन गरिएको प्रदेश सदस्य तथा मोरङ अध्यक्ष भुपेन्द्र साहले जानकारी दिनुभयो ।
संगठनका प्रदेश इन्चार्ज भेषराज थापाको अध्यक्षमा भेला आयोजना गरिएको थियो । जसले प्रदेश अध्यक्षमा सुनसरीका समिर शाक्य, उपाध्यक्षमा मोरङका सन्दिप दाहाल, सचिवमा झापाका देवेन्द्र अधिकारी, कोषाध्यक्षमा लक्ष्मी राईलाई चयन गरेको छ । यसैगरी समितिमा ९ सदस्यीय सचिवालय सदस्य र २७ जना प्रदेश सदस्य चयन गरेको छ ।

जिल्लातर्फ सोलुखुम्बुमा बाबुराम दाहाल, उदयपुरमा बुद्धिनाथ तिम्सिना, भोजपुरमा सोभित घिमिरे, मोरङमा भुपेन्द्र कुमार साह, तेह्रथुममा अजयराज श्रेष्ठ, ओखलढुंगामा मनोज लुइटेल, सुनसरीमा समन तिम्सिना, संखुवासभामा रियोज खत्री र कृष्ण निरौलालाई जिल्लाहरुको अध्यक्षको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्