इलाम । इलामको माई नगरपालिका–७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।