सवारी दुर्घटनामा परी झापा र सुनसरीमा दुईजनाको मृत्यु

सवारी दुर्घटनामा परी झापा र सुनसरीमा दुईजनाको मृत्यु

विराटनगर । झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व–पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक(आपसमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मे११प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको उपचारका क्रममा मृत्यु भएको हो ।

बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा रातको १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार २ जना समेत घाईते भई उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीको नियन्त्रमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । राती पौने ११ बजे ईटहरीबाट दुहबी तर्फ आउदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जादै गरेको बिआर–०१–जिसी–०३४१ नम्बरको ट्रकले ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरीको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालक तथा मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्