विराटनगरमा हुने आमसभाले शनिबार बिहानैदेखि चपहपहल

विराटनगरमा हुने आमसभाले शनिबार बिहानैदेखि चपहपहल

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार बिहानैदेखि फरक किसिमको चहलपहल बढेको छ । प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा सहभागी हुन र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको विचार सुन्न आउनेहरुको चपहपहल बिहानैदेखि बढेको हो ।

सभास्थल विराटनगर अस्पताल (विराट नर्सिङहोम) पूर्वतर्फको मैदान सजिसजाय पारिएको छ । प्रधानमन्त्रीले हात उठाएको पूर्णकदको फोटो राखिएको छ । प्रधानमन्त्रीप्रति आस्था राख्नेहरुले त्यहि फोटोलाई समेत नमस्कार गर्दै आफ्नो समर्थन प्रकट गरेको देखिन्छ ।
ठाउँ–ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्णकदको तस्बिर अंकित फ्लेक्सले धेरैको ध्यान खिचेको छ । विराटनगरका धेरै स्थानबाट प्रधानमन्त्रीलाई सुन्न सकिने गरि माइकहरु जोडिएका छन् ।

मञ्चमा बसेका प्रधानमन्त्रीलाई आमसभामा सहभागीहरुले देखुन् भनेर विशेष आकर्षक र उचाईमा बनाइएको थियो ।
संघीय सरकारका अधिकांश मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु कार्यक्रमस्थलमा खटिरहेका छन्। ठूलो संख्यामा परिचालित स्वयमसेवकका टाउकामा सुर्य चिन्हभित्र ओलीको तस्बिर अंकित क्याप छन्।

सभामा सहभागी हुन इन्जिनियर, चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मीहरुको टोलि समेत विराटनगर आईपुगेका छन् । प्रधानमन्त्रीकै सभाको अवसरमा नेकपा केपी शर्मा ओली पक्षले जनवर्गिय संगठनहरुको पुर्नगठन गरेको छ । प्रचण्ड–माधव समूह आमसभा र विरोधमा मात्रै केन्द्रीत भएपछि ओली समूहले संगठन पुर्नगठन गरेर निर्वाचनको तयारीलाई समेत सँगसँगै बढाएको छ ।

यो आमसभामा १ लाख ४० हजारभन्दा बढी सर्वसाधारण सहभागी हुने नेकपा ओली समूहका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले दाबी गरेका छन्। कम्तीमा १५ सय गाडीले आमसभामा सहभागीहरुलाई ओसार्ने तयारी गरिएको छ ।
प्रत्येक पार्टी सदस्यहरुले एक हजारदेखि तीन हजारसम्म रुपैँया रकम आमसभाका लागि बुझाएको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्