ट्रकले ठक्कर दिदाँ उर्लाबारीमा २ जनाको मृत्यु

ट्रकले  ठक्कर दिदाँ उर्लाबारीमा  २ जनाको मृत्यु

मोरङ
मोरङको उर्लाबारी नगरपालिकामा ट्रकले ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेल रहेका छन् ।

उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा शनिबार बेलुका साढे ७ बजे प्र १-०१-००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएअनुसार , स्कुटरमा सवार प्रदिप धामी र सुदिप भुजेल गम्भिर घाईते भएका थिए । घाइते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै हाल ट्रक र ट्रक चालक झापा कमल गाऊपालिका बस्ने भिम बहादुर दाहाल नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्