विराटनगरमा आयो ‘जे–पनि मेन्टिनेन्स सर्भिस’

विराटनगरमा आयो ‘जे–पनि मेन्टिनेन्स सर्भिस’

विराटनगरमा ‘जे–पनि मेन्टिनेन्स सर्भिस’ सञ्चालनमा आएको छ । आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउने र घरका विभिन्न मेसिन उपकरणको मर्मत सेवा दिने उदेश्यले ' जे– पनि' सञ्चालनमा ल्याएको सञ्चालक सरोज दाहालले बताएका छन् ।

प्रत्येक घरले अब मासिक मात्र ३५० रुपैयाँ तिरेपछि घरको बिद्युत, एसी, फ्रिज, वासिंग मेसिन, ल्यापटप ,टिभी , धारा जे बिग्रिए पनि निःशुल्क मर्मत गर्न सकिने दाहालले बताए । पहिलो महिना ग्राहकलाई भारि छुटका साथ मासिक, अर्ध वार्षिक, वार्षिकका प्याकेज प्रस्तुत गरेको छ। हाल सम्म तीन सय ५० भन्दा बढि व्यक्ति जे–पनिको सदस्य बनिसकेका छन् ।

यसको सदस्यता लिनका लागि विराटनगरमा रहेको नयाँ गुद्री कार्यालयमा जान सकिने र वा ९८०२७६०३३० मा सम्पर्क गरेर घरबाटै सदस्य बन्न समेत सकिने दाहालले जानकारी दिएका छन। दहाल भन्छन , अहिले हाम्रो सेवा विराटनगर र धरानमा संचालित छ तर छिटै नै प्रदेश १ का मुख्य सहरहरुमा हामि संचालनमा ल्याउने छौं। यस कार्यले सर्वसाधारणलाई विशेष राहत मिल्ने बताउँदै उनले छिट्टै सदस्य बन्न आग्रह समेत गरेका छन् । साथै सामान मर्मतका लागि १५ जना दक्ष जनसक्ति आफूसँग भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्