माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पहिलो पटक माघ ७ गते प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो भने दोश्रो पटकको बैठकमा सत्तापक्षका सांसदहरुले उभिएर अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो ।
प्रदेश सभाको बैठकका लागि अहिले बिहान ११ बजे बाट कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको श्रोतले जनाएको छ । -एन टि भी