विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच आइतबार राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो ।
आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखि उक्त मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए ।