पर्चा बाँड्दै विराटनगरमा महिलाहिंसा विरुद्ध विरोध प्रर्दशन

पर्चा बाँड्दै विराटनगरमा महिलाहिंसा विरुद्ध विरोध प्रर्दशन

विराटनगर । विराटनगरमा अखिल नेपाल महिला संघ विराटनगर महानगर कमिटीद्धारा विरोध प्रर्दशन गरिएको छ । केन्द्रिय कार्यक्रम अन्तरर्गत आईतबार देशव्यापीरुपमा ‘महिला हिंसा र प्रतिगमन’ को बिरोधमा संघले विराटनगरमा विरोध प्रदर्शन गरिएको हो । ‘महिला हत्या हिंसा र बलत्कार बिरुद्ध सबै एक हौं ’ भन्ने मुल नाराका साथ विराटनगरको संसारीमाई स्थानबाट निस्कीएको विरोध ¥याली ट्राफिक चौक हुदै जलजला चौकमा पुगेर कोणसभामा परणित भएको थियो ।

उनीहरुले प्रतिनिधीसभा विघटनको असंवैधानिक कदमको विरोध संविधानको रक्षागरी प्रतिनिधीसभा पुर्नस्थपनाको पक्षमा आवाज बुलन्द गर्न , तेल ग्यास लगायत उपभोग्य बस्तुमा भएको चर्को मृल्य वृद्धिको नियन्त्रण गर्न , छोरा – छोरी महिला – पुरुष वीच समाजता ल्याउन । र सम्पुर्ण न्यायप्रेमी महिलाहरुको एकता प्रदर्शन गर्न लगायतका पर्चाहरु आम सर्वसाधरणलाई बाढ्दै विरोध ¥यालीमा समावेश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्