नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशमा २३ वटा विषयगत समिति गठन

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशमा २३ वटा विषयगत समिति गठन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले विषयगत समिति गठन गरेको छ । महासंघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले २३ वटा विषयगत समिति गठन गरेको हो । संस्थाको काम छिटो छरितो र सरल बनाउन तथा व्यवसायीहरुको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकाय तथा अन्य सरोकारवालाहरुसंग समन्वय गर्न समितिमा सभापति समेत मनोनयन गरिएको छ ।

महासंघको कृषि उद्यम केन्द्र समितिको सभापतिमा अध्यक्ष ढकाल नै रहनु भएको छ । यसैगरी सदस्यता वितरण समितिमा राजेन्द्र राउत, उद्योग वाणिज्य परिषदमा भीम वहादुर पौडेल, रोजगारदाता समिति सभापतिमा रमेशकुमार राठी, व्यापार मेला समिति सभापति रविन दाहाललाई मनोनयन गरिएको छ ।

यसैगरी उर्जा तथा वातावरण समिति सभापति श्रवणकुमार अग्रवाल, बैंक, वित्तिय तथा बिमा समिति सभापति सुवास आचार्य, स्वास्थ्य तथा शिप विकास समिति सभापति राजन श्रेष्ठ, मानव संसाधन समिति सभापति वीरेन्द्रकुमार साह, घरेलु तथा साना उद्योग समिति सभापति प्रितम खड्गी, शहरी विकास समिति सभापति भूपालराज कटुवाल, सामाजिक विकास समिति सभापति युवराज शाक्य मनोनयन हुनु भएको छ ।

यसैगरी सूचना तथा सन्चार प्रविधि समिति सभापति कुमार भट्टराई, नीजि तथा साझेदारी समन्वय समिति सभापति पशुपति बराल, महिला उद्यमी विकास समिति सभापति सरु के.सी.,स्थानीय आर्थिक विकास समिति सभापति कुमारमणी पोखरेल, कर तथा राजश्व समिति सभापति देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति सभापति भविष श्रेष्ठ, स्टार्टअफ र इनोभेशन समिति विनोद बस्नेत, वस्तुगत समन्वय समितिमा दिपक पाण्डे, भंसार समन्वय समिति सभापति विजेन्द्र पारासर, ऐन कानून नीति निर्माण समिति सभापति सुर्य विमली, स्थल यातायात तथा पारवहन समिति सभापति मेघराज सिग्देललाई मनोनयन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्