प्रधानमन्त्रीले किचलो झिके, शान्ति भाँड्न खोजे : नेता सिटौला

प्रधानमन्त्रीले किचलो झिके, शान्ति भाँड्न खोजे : नेता सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भावना र संविधानमाथि किचलो मच्चाएको आरोप लगाउनु भएको छ । बल्लबल्ल स्थापना गरिएको शान्तिलाई बिथोल्ने विचलित राजनीतिक अभिव्यक्ति दिदैं हिड्ने प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले रोक्नु पर्ने नेता सिटौलले बताउनु भएको हो ।

प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले प्रधानमन्त्री राज्य आतंक सिर्जना गर्न उद्दत रहेको आरोप लगाउनुभयो । सार्वजानिक मञ्चबाट अदालतलाई धम्की दिने प्रधानमन्त्रीसँग जनता र संविधानप्रति नम्रता समेत नरहेको जिकीर गर्नुभयो ।
शासक पागल जस्तै हुनसक्छन् तर त्यसलाई रोक्ने काम सर्वोच्च अदालतको हो । न्यायाधीसहरुले धम्की सामु खुट्टा नकमाई संविधानको व्याख्या गर्नसके मात्रै अदालतप्रति आस्था र विश्वास कायम रहन्छ ।

अदालतसँगै आम नागरिकलाई आतंकित पार्ने प्रधानमन्त्रीको कदम व्यवस्था सक्ने योजनासहित सुरु भएको सिटौलाको भनाई थियो । त्यसका लागि राजनीति नयाँ अवस्थाबाट उठ्नुपर्नेमा नेता सिटौलाले धारणा राख्नुभयो ।
अदालतलाई धम्क्याउने, अख्तियार कब्जा गर्ने, लोकसेवा कब्जा गर्ने, सर्वसत्तावादी शैली ओलीले देखाउने काम भईरहेको छ, नेता सिटौलाले भन्नुभयो–यस्तो बेला सर्वोच्च अदालतले मात्रै संविधानको रक्षा गर्नसक्छ भन्ने सन्देश जनताले चाहेका छन् ।
आफ्नो बचाउ समेत गर्न नसक्ने अवस्थामा पुगेका प्रधानमन्त्रीले व्यवस्थामाथि नै आक्रमण गर्ने नजिर स्थापित भए देश खतरातर्फ उन्मुख हुने उहाँको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्