मामाको बिहेमा आएका भान्जाको नालामा डुबेर मृत्यु

मामाको बिहेमा आएका भान्जाको  नालामा डुबेर मृत्यु

सप्तरी
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदहस्थित मामाघर आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिएअनुसार , मामाको घर पछाडि रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको हो। मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्