ब्राउनसुगर जोख्ने डिजिटल काँटासहित तीनजना मोरङ कटहरीबाट पक्राउ

ब्राउनसुगर जोख्ने डिजिटल काँटासहित तीनजना मोरङ कटहरीबाट पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, कटहरी ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् ।
कटहरी गाँउपालिका–४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ (आठ) ग्राम र डिजिटल काटा थान १ सहितीनत पक्राउ गरेको हो ।

उनीहरुले ब्राउनसुगर बिक्री गर्नका लागि तौल नाप्नका लागि डिजिटल काँटा समेत साथमै राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिइएको छ । पक्राउ परेका उनीहरुको विषयमा प्रहरी थप अनुसन्धान गरिरहेको छ । उनीहरुको प्रारम्भिक अवस्था अध्ययन गर्दा ब्राउनसुगरको कारोबार गर्ने गरेको खुलेको छ ।

त्यस्तै सिराहा मिर्चैया नगरपालिका–६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागुऔषधसहित पक्राउ परेका छन् । यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका–१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्