विराटनगरको नेपमेड्स फार्मेसीको सहयोगमा मोरङको बेलबारी ९ डागीहाट मा आयोजित निशुल्क स्वास्थ्य शिविरमा दन्त समन्धी रोगको औषधिको वितरण गरिएको छ । नोबेल मेडिकल कलेजको आयोजनामा भएको स्वास्थ्य शिविरमा ५० बढी बिमारीलाई मल्टी भिटामिन तथा अन्य औषधी निशुल्क रुपमा वितरण गरिएको हो । विमारीहरुको दन्त चेकजांच पश्च्यात लाग्ने औषधी निशुल्क उपलब्ध गराइएको शिविरका दन्त चिकित्सक डा बिशेक दाहालले बताए ।
नेप्मेड्स विराटनगरले आफ्नो आउटलेट विराटनगर ९ ग्रीनक्रस अस्पताल छेउ तथा अनलाइनबाट औषधिको सेवा दिदै आएको छ ।