मोरङ बाहेक प्रदेश १ का १३ जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व चयन

मोरङ बाहेक प्रदेश १ का १३ जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व चयन

विराटनगर । नेकपा प्रचण्ड –नेपाल पक्षको मोरङको नेतृत्वमा विवाद देखिएको छ । प्रदेश १ का मोरङबाहेकका १३ जिल्लाको जिल्ला नेतृत्व चयन गर्दा मोरङमा नेतृत्व नटुगिएको हो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार ६५ जिल्लाको नेतृत्व चयन गरिएको छ । जस अनुसार ताप्लेजुङ अध्यक्षमा विजय वनेम, सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथरमा कमल जवेगु, सचिवमा होमप्रसाद जवेगु, इलाममा अध्यक्ष भक्त केसी , सचिवमा सोममाया राई र झापामा अध्यक्ष वेदराज रेग्मी र सचिवमा मणिकुमार साङपाङ चयन भएका छन् ।

त्यसैगरी सुनसरी अध्यक्षमा योगेन्द्र मण्डल, सचिवमा रमेश बस्नेत, धनकुटा अध्यक्षमा दुर्गा लिंखा, सचिवमा ऋषिराम ढुंगाना, तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी , सचिवमा इन्द्रबहादुर इम्सुङ, संखुवासभा अध्यक्षमा हेमराज घिमिरे र सचिवमा कृष्ण याख्या, भोजपुरमा अध्यक्ष शरण राई र सचिवमा विमल खड्का चयन भएका छन् ।

खोटाङमा अध्यक्ष देवान चाम्लिङ, सचिव जलशेर राई, सोलुखुम्बु अध्यक्षमा गोम्बु शेर्पा र सचिव डिल्ली राई, ओखलढुंगा अध्यक्षमा मोहनबहादुर खड्का , सचिवमा हर्कबोल राई र उदयपुरको अध्यक्षमा विनोद कटुवाल र सचिवमा इश्वरमणि राउत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्