पूर्व सांसद रानाभाटको निधन

पूर्व सांसद रानाभाटको  निधन

भरतपुर
नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको सोमबार ६६ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण चितवन मेडिकल कलेजमा विगत १६ दिनदेखि उपचार गराइरहेका उनको सोमबार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
१६ दिन अघि उच्च रक्तचापका कारण घरमै लडेका रानाभाटलाई चितवन मेडिकल कलेजमा ल्याएर भर्ना गरी उपचार गरिएको थियो । उनको अचेत अवस्थामा नै अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
रत्ननगर नगरपालिका वडा नम्वर १४ निवासी रानाभाट २०२७ साल देखि नेपाली काँग्रेसमा आबद्ध भई विभिन्न मोर्चामा रहेर काम गर्दै आएका थिए । हरेक संघर्ष र आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेका रानाभाट नेपाली काँग्रेस चितवनको सचिव, नेपाल किसान संघको केन्द्रीय सदस्य, प्रतिनिधि सभाको सदस्य जस्तो जिम्मेवारी बहन समेत गरिसकेका थिए ।

उनाका श्रीमती एक छोरा र एक छोरी छन् । नेता रानाभाटको पार्थिव शरिरलाई भोलि बिहान ७ वजे घरवाट शवयात्रा निकाली नारायणगढस्थित काँग्रेस जिल्ला कार्यालयमा एक घण्टा राख्ने र दिउँसो देवघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम चितवन काँग्रेसले तय गरेको सभापति श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्