विराटनगरमा विभिन्न पार्टी परित्याग गरि ७० जना ओली समूहमा प्रवेश

<span class='c1'>विराटनगरमा विभिन्न पार्टी परित्याग गरि</span> <span class='c2'>७० जना ओली समूहमा प्रवेश</span>

विराटनगर । विभिन्न पार्टी परित्याग गरि नेकपा (ओली) समूहमा मंगलबार ७० जना प्रवेश गरेका छन् । विराटनगर–६ र २ नम्बर वडाका नागरिकले अन्य पार्टी परित्याग गर्दै ओली समूहको नेकपालाई समर्थन गर्ने प्रतिवद्धतासहित प्रवेश गरेका हुन् ।

नेकपा विराटनगर महानगर कमिटिद्वारा जिल्ला कार्यालय पाञ्चालिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विराटनगर–६ का वडा सदस्य सन्तोष साह, राप्रपाका जिल्ला प्रवक्ता मुन्ना खान, इन्जिनियर अयुक सिद्धिकी, हलुवाई सेवा समितिका जिल्ला सदस्य कमलप्रसाद हलुवाई, प्राध्यापक भरतराज साहसहित ६० जनाको संख्यालाई पार्टीमा स्वागत गरिएको महानगर कमिटिका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । यसैगरी विराटनगर–२ बाट दिपेश श्रेष्ठ, लिरिश श्रेष्ठ,, बिनोदकार रन्जित र सुविध प्रधानले पार्टी प्रवेश गर्नु भएको छ ।

नवप्रवेशीहरुलाई नेता बिनोद ढकाल, महानगर कमिटिका अध्यक्ष थापा, इलामका नेता तथा प्रदेश सरकारका राज्यमन्त्री राम राना लगायतका नेताहरुले स्वागत गर्नु भएको थियो । पार्टी विभाजनपछि आक्रामक ढंगबाट संगठन पुर्नगठन र विस्तार अभियानमा लागेको ओली समूहका नेताहरु विराटनगरमा आफ्नासँगै अन्य दलका कार्यकर्तालाई भित्र्याएर जिम्मेवारी दिने अभियानमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्