अनुसन्धानका लागि म्याद थप्न अदालत लगिएका थुनुवा फरार, शंकाको घेरामा प्रहरी

अनुसन्धानका लागि म्याद थप्न अदालत लगिएका थुनुवा फरार, शंकाको घेरामा प्रहरी

विराटनगर । अनुसन्धानका लागि म्याद थप गर्न भन्दै जिल्ला अदालत मोरङ पु¥याइएका दुईजना थुनुवा भागेका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका उनीहरु म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेका हुन् ।

म्याद थपपछि खाजा खाने भनेपछि प्रहरीले हातको एउटा हतकडी खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो साढे तीन बजेतिर उनीहरु फरार भएका थिए । खोजी गर्दा फेला नपरेपछि म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएको थियो । आरोपीहरु भारततर्फ भागेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । फरार भएका थुनुवाको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) डिजिटल काँटासहित पक्राउ गरेको थियो । चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका थिए । दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो । म्याद थप गर्न अदालत लिएर गएका प्रहरीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्