नेपाल पत्रकार महासंघले निःशुल्क पत्रकारिता तालिम सञ्चालन गर्ने

<span class='c1'>नेपाल पत्रकार महासंघले निःशुल्क</span> <span class='c2'>पत्रकारिता तालिम सञ्चालन गर्ने</span>

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले निःशुल्क पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । फाल्गुन २४ गते देखि चैत १ गतेसम्म तालिम सञ्चालन हुने भएको हो । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा हुन लागेको पत्रकारिता तालिम विराटनगर र विराटचोकमा आयोजना गरिने भएको छ ।

तालिममा सहभागिताको लागि प्रशिक्षार्थीहरुलाई कार्यरत सञ्चारगृहले स्वीकृति दिनुपर्नेछ । प्रशिक्षार्थीहरुले तालिमको लागि फाल्गुन १४ गतेसम्ममा नेपाल पत्रकार महासंघ मोरङमा सम्पर्क गरिसक्नु पर्नेछ । तालिममा सहभागिता लागि आफ्नो नाम, ठेगाना, शैक्षिक योग्यता, पत्रकारिताको अनुभव वा अध्ययन खुल्ने गरी मोबाइल नम्बर उल्लेख गरिएको व्यक्तिगत विवरण समेत बुझाउनुपर्नेछ ।
विराटनगरबाट २० जना र विराटचोकबाट २० जना गरी जम्मा ४० जना विद्यार्थीलाई तालिम प्रदान गरिन नेपाल पत्रकार महासंघ मोरङ सचिव अर्जुन आचार्यले बताउनुभयो ।

तालिममा प्लस टु उत्तिर्र्ण भई न्यूनतम १ बर्षदेखि पत्रकारिता गर्दै आएका वा पत्रकारिता विषय पढिरहेका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । तालिममा छुट्टाटुट्टै प्रकृतिका सञ्चारमाध्यम (रेडियो, पत्रिका, टेलिभिजन, अनलाइन) बाट समानुपातिक रुपमा सहभागिता गराइने छ । पत्रकारिता तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुहुनेछ । यस्तै तालिम सुनसरी पत्रकार महासंघले समेत सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्