विराटनगरको नेपाल ट्रेड एण्ड सर्भिस लिंकले मनायो ‘डेलिभरी डे’

विराटनगरको नेपाल ट्रेड एण्ड सर्भिस लिंकले मनायो ‘डेलिभरी डे’

विराटनगर
नेपाल ट्रेड एण्ड सर्भिस लिंक (पावरट्रयाक ट्रयाक्टर कम्पनि) ले आफ्नो ‘डेलिभरी डे मनाएको छ । कम्पनीका संचालक शुसिल कुमार अग्रवालका अनुसार विगत ६० वर्षदेखि कृषि लक्षित सेवा प्रदान गरिरहेको लिंकले सोमबार ‘डेलिभरी डे’ मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा एस्कर्ट्स इन्डिया लिमिटेडका प्रमुख बिक्रि अधिकृत अमित शर्मा रहेका थिए । कार्यक्रममा बोल्दै शर्माले पावरट्राक ट्याक्टर बजारकै सबैभन्दा डिजल कम खपत गर्ने भएको दावी गरे । शर्माले भने, यो ट्याक्टर प्रविधिमा पनि सर्बोत्कृष्ट रहेको छ।
उक्त कार्यक्रममा कम्पनीले एकैदिन १५ वटा ट्याक्टर डेलिभरी गरिएको छ। साथै कम्पनिका बिक्री प्रबन्धक इन्जिनियर सन्तोष आचार्यले २० वटा ट्याक्टर अग्रिम बूकिंग भएको जानकारी दिएका छन्।
प्रधान कार्यालय बिराटनगर मुनालपथमा रहेको सो कम्पनीको प्रदेश १ र २ मा गरि बिर्तामोड ,लहान, बिरगंज ,चन्द्रनिगाहपुर, नारायणघाट,हेटौडा जम्मा ६ वटा शाखा कार्यालय रहेका छन्।
कार्यक्रमको अवसर पारि कम्पनीले आफ्ना पुराना तथा नयाँ ग्राहकहरुलाई सम्मानका रुपमा केहि उपहार समेत प्रदान गरेको कम्पनीले जनाएको छ। साथै यस वर्ष किसानहरुलाई आवश्यक परेको बेलामा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता कम्पनीले जाहेर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्