स्टुडियोले ‘इन्डिया बेस्ट डान्सर–२०२०’ विजेता टाइगर पपको उपस्थितिका कार्यशाला गर्ने

स्टुडियोले ‘इन्डिया बेस्ट डान्सर–२०२०’ विजेता टाइगर पपको उपस्थितिका कार्यशाला गर्ने

विराटनगर । भाइरल हुड डान्स स्टुडियोले दुईदिने कार्यशालाको सञ्चालन गर्ने भएको छ । फागुन १५ गते शनिबार देखि मारवाडी सेवा सदन विराटनगरमा दुई दिने कार्यशाला सञ्चालन हुने भएको हो । कार्यशालामा १ सय ५० जनाले सहभागिता जनाउने अपेक्षा गरिएको भाइरल हुड डान्स स्टुडियाका संस्थापक साहिल खानले बताए ।

कार्यशालाको प्रमुख आकर्षणको रुपमा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप भारतबाट आउने भएका छन् । अन्य आकर्षकको रुपमा एलेक्ट्रो डान्स फम लिएर दिल्लीबाट सेन्डी सेन आउने भएका छन् भनी दिल्लीबाटै हिप्पप कोरियोग्राफर ऋषी सूफी आउने दावी गरिएको छ ।

कार्यशालामा सहभागिता जनाउनको लागि १५ सय शुल्क लाग्ने खानले बताए । उनले भने,‘कार्यशालाको दोस्रो दिन सहभागिहरुलाई डान्स व्याटल गराइने छ । डान्स व्याटल विजेतालाई १५ हजार पुरस्कार राशि प्रदान गरिने छ, भनी रनर अपलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने छ ।‘
कार्यशाला सम्पन्न भएको पछिबाट १ महिना ‘वान अन वान अल डान्स व्याटल’ हुने छ । जसका लागि रजिष्टेसन शुल्क ५ सय लाग्ने खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्