श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

मंगलबार बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–२ बाट राईलाई पक्राउ गरेको हो ।

श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्