श्रीमतीको हत्या गरि फरार श्रीमान् पक्राउ

<span class='c1'>श्रीमतीको हत्या गरि</span> <span class='c2'>फरार श्रीमान् पक्राउ</span>

विराटनगर । श्रीमतीको हत्या गरी फरार रहेका छथर गाउँपालिका–१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन–३ गते सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर झै(झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन–९ गते झापाको काकडभिट्टाबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्