नेपाल मै पहिलो पटक रवि लामिछानेले ल्याए ग्यालेक्सी फोरके टिभी

नेपाल मै पहिलो पटक रवि लामिछानेले ल्याए ग्यालेक्सी फोरके टिभी

सञ्चारकर्मी रवि लामिछाने लगायतकोटिमले नयाँ टेलिभिजन च्यानल संचालनमा ल्याएका छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। टेलिभिजनका म्यानेजिङ डाइरेक्टरका रुपमा लामिछाने रहेका छन् । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यमको संख्यामा बृद्धि भएको बताए । यस टिभिले जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए । ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायत कार्यक्रम आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्