विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि विराटनगरमा दिप प्रज्ज्वलन गरिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट पार्टीपंक्ति, भातृ संघसंगठन, नेपाली काँग्रेस निकट भातृ संस्थाहरुले विराटनगरका विभिन्न स्थानमा दिपप्रज्ज्वलन गरेर खुशी साटेका हुन् ।