नेकपा स्थायी कमिटी बैठक बस्दै

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिएअनुसार आज विहान ११ बजे बालुवाटारमा बैठक आव्हान गरिएको छ ।
प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णय बारेमा छलफल हुने नेता मण्डलले जानकारी दिएका छन् । नेकपा प्रचण्ड–माधव पक्षले सर्वोच्चको फैसलाको स्वागत गर्दै आज बुधबार देशभर विजय जुलुश निकाल्ने तयारी गरिरहेका बेला नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ ।
बैठकले महत्वपूर्ण निर्णय गर्दै पार्टीले आगामी दिनमा चाल्नुपर्ने सुझबुझपूर्ण कदमबारे छलफल भई आवश्यक निर्णय लिइने नेता मण्डलले जानकारी दिनुभयो । यसअघि मंगलबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुनहुने र संसदमा सामना गरेरै फैसलाको कार्यान्वयन गर्नुहुने बताउनुभएको थियो । तस्बिर :गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्