प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेकपा सचिवालय बैठक बाेलाउन बामदेवद्वारा आग्रह

प्रधानमन्त्रीको राजीनामा माग  गर्दै नेकपा सचिवालय बैठक बाेलाउन बामदेवद्वारा आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवाल बैठक बोलाउन आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन गौतमले आग्रह गरेका हुन् ।

उपाध्यक्ष गौतमले भने ‘ उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’ नेकपा राजनीतिक रुपमा विभाजन भएको छ तर विभाजनले वैधानिकता भने पाइसकेको छैन।

उनले राष्ट्रपतिलाई संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न समेत आग्रह गर्दै प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्ने उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्