म्याद थप्न लैजाँदा अदालतबाट भागेका कटहरीका शेख भारतबाट पुनः पक्राउ

म्याद थप्न लैजाँदा अदालतबाट भागेका कटहरीका शेख भारतबाट पुनः पक्राउ

विराटनगर । जिल्ला अदालत मोरङमा म्याद थप गर्न लैजादा भागेकामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । फरार भएका दुई जना थुनुवा मध्ये एक जनालाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको हो ।

लागूऔषध मुद्दामा मोरङ अदालतमा सोमबार पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहना बनाएर प्रहरीलाई झुक्याएर मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका थिए । फरार भएकामध्ये शेख पक्राउ परेका हुन् । शेखलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर पुनः कसरी भाग्यो भनि अनुसन्धान सुरु गरिएको छ । फरार भएका अर्का थुनुवाको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सोमबार चार बजेको समयमा उनीहरु फरार भएका थिए । फरार भएको २४ घण्टापछि शखेलाई प्रहरीले पक्राउ गरेको हो । शेखलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो । शेख ब्राउन सुगरको कारोबाही हुन् । उनले भारतदेखि अवैध रुपमा लागूऔषध ल्याएर पूर्वको विभिन्न स्थानमा विक्री बितरण गर्दछन् । उनी यसअघि पनि मोरङ प्रहरीले लागूऔषधसहित पक्राउ गरेको अभियुक्त हुन् । दुई महिना अगाडी उनलाई लागूऔषधसहित प्रहरीले पक्राउ परेका थिए । उनी धरौटिमा रिहा भएपछि पुन लागूऔषधको कारोबार लागेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्