नेपालको निजि क्षेत्रको पहिलो र हालसम्मको सबैभन्दा ठूलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो

नेपालको निजि क्षेत्रको पहिलो र हालसम्मको सबैभन्दा ठूलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो

धनुषा

प्रदेश नं २ को धनुषा जिल्ला ढल्केबरमा निर्माण गरिएको १० मेगावाट ए सी क्षमताको सौर्य उर्जा परियोजनाबाट उत्पन्न बिजुली सफलतापूर्वक राष्ट्रिय ग्रिडमा जोडिएको छ ।
कम्पनीका अध्यक्ष श्री नवीन सिंहले जानकारी दिएअनुसार यसलाई ईको पावर डेभलपमेन्ट कम्पनी प्रा.लि.ले बिकास गरेको छ। यस परियोजनाको डिजाईन, आपुर्ती, निर्माण र जडानको कार्य नेपालको सबैभन्दा ठूलो सौर्य ईपीसी कम्पनी कुशल प्रोजेक्ट्स नेपाल प्रा.लि.ले गरेको हो ।
यसलाई प्राईम कमर्सीयल बैंकले साैर्य उर्जामा पहिलो पटक सहवित्तियकरण गर्न मञ्जुर भएको छ । यस आयोजनाले सुख्खा मौसममा उर्जाको अभावलाई सम्बोधन गर्ने र मासिक १९ लाख युनिट भन्दा बढी बिजुली उत्पादन गरेर बिजुली आयातमा निर्भरता कम गर्ने अपेक्षा गरिएको छ।

कुशल प्रोजेक्ट्स नेपाल प्रा.लि.का संस्थापक एवंम प्रबन्ध निर्देशक प्रशान्त टाटरका अनुसार नेपालका अन्य ५ स्थानमा ग्रीड जडान गरिने सौर्य परियोजनाहरूको लागि ईपीसी प्राप्त गरेर कम्पनीले काम गरिरहेकाे छ ।
नेपाल विद्युत प्राधिकरणको सोलार प्रोजेक्टहरू मार्फत १५ प्रतिशत ऊर्जा मिक्स गर्ने योजना छ प्रबन्ध निर्देशक सन्दिप अग्रवालले बताए। जसले नेपाललाई ‌ ऊर्जा छेत्रमा आत्मनिर्भर बनाउन सकिन्छ । त्यसैले‌ यस क्षेत्रमा आत्मनिर्भर बन्न प्राधिकरणलाई कम्तीमा २०० मेगावाट सौर्य ऊर्जाको तत्काल आवश्यकता छ जसका लागि उर्जा मिश्रण अवधारणा अनुरूप काम गर्दा जाडो यामको माग पुरा हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्