प्रविन बास्तोला हत्या प्रकरण : एकजनालाई थुनामा र अर्कालाई धरौटी आदेश

प्रविन बास्तोला हत्या प्रकरण : एकजनालाई थुनामा र अर्कालाई धरौटी आदेश

विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविन बास्तोलाको हत्याका प्रतिवादीमध्ये एकजनालाई पूर्पक्षका लागि थुनामा र एकजना विरुद्ध तीनलाख धरौटी आदेश भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोजन दर्ता गर्दा अभियोगपत्रसहित अदालतमा उपस्थित भएकामध्ये रिकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरिएको हो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार न्यायधिश सुदर्शन लामिछानेको आदेशले दर्जीलाई पूर्पक्ष र अर्का कुमार राईलाई तीनलाख धरौटी माग गरिएको छ ।
‘महेरमान दर्जी कसुरदार हुन भन्ने मुनासिव आधार देखिएकोले मुलुकु फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७ को उपदफा १ को देहाय ‘क’ बमोजिम थुनामा राखि मुद्दाको पूर्पक्ष गर्नुपर्ने ठहर्छ’ आदेशमा भनिएको छ ।

यसैगरी अभियोगपत्रसहित अदालतमा उपस्थित गराइएका होटल सञ्चालक कुमार राईबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम तीनलाख बराबरको धरौटी वा जायजेथा जमानत बुझि मुघाको पूर्पक्ष गर्नु भन्ने आदेश भएको सूचना अधिकारी धमलाले जानकारी दिनुभयो ।  गत पुस ५ गते उर्लाबारी–५ निवासी प्रविन बास्तोलाको शंकास्पद मृत्यु (हत्या) प्रकरणमा जोडिएका छ जना प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गरिएको थियो । पक्राउ परेका दुईजनासँग बुधबार बयान गराइएको थियो ।

प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मेहरमान दर्जीसहित राजेश रणपहेली, दिपेश पौडेल र सुदिप परियार, रमेश गिरी र होटल सञ्चालक कुमार राई विरुद्ध कर्तव्य ज्यान कसुरको अभियोग मंगलबार बुझाएको थियो । पीडित परिवारले न्यायका लागि अदालति प्रक्रियामा प्रवेश गरेको मुद्दाले सहि दिशा लिएको प्रतिक्रिया दिएका छन् । न्यायलयले गरेको आदेशले न्याय मर्न नसक्ने संकेत गरेको उनीहरुले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्