विराटनगरका प्रमुख प्रशासकिय अधिकृत पोखरेलको सरुवा

विराटनगरका प्रमुख प्रशासकिय अधिकृत पोखरेलको सरुवा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत ईन्द्रमणि पोखरेलको सरुवा भएको छ । उनलाई उर्जा मन्त्रालयमा सरुवा गरिएको हो । उनको स्थानमा उमेश बस्नेतलाई नयाँ प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा लिएरविराटनगर आउनु भएको छ । बस्नेत यस अघि गृह मन्त्रालयमा थिए ।

पोखरेल २०७६ चैत्र ६ गते विराटनगर महानगरमा सरुवा भई आएका थिए । पोखरेलसँगै स्थानीय तहको निर्वाचन यताको करिब साढे तिन वर्षको समयमा विराटनगर महानगर पालिकाका ५ कार्यकारी अधिकृतहरुले जिम्मेवारी लिएर आईसकेका छन् । महानगरमा सबै भन्दा लामो समय एकदेव अधिकारी प्रशासकिय अधिकृतका रुपमा ठ्याक्कै एक वर्षको समय बसेका थिए । बाँकि कोहि प्रशासकिय अधिकृतहरु पुरा एक वर्ष विराटनगरमा नबसी सरुवा भएका हुन् । सरकारले ३१ जना सहसचिवको सरुवा गर्दा विराटनगरका अधिकृत पोखरेलको समेत नाम परेको हो । यस पटकको सहसचिवका सरुवा मन्त्रिपरिषदबाट निर्णय गराएर गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्