विराटनगर–१७ मटेरुवाबाट २ लाख ४६ हजारसहित भारतीय नागरिक पक्राउ

<span class='c1'>विराटनगर–१७ मटेरुवाबाट २ लाख ४६</span> <span class='c2'>हजारसहित भारतीय नागरिक पक्राउ</span>

विराटनगर । विराटनगर–१७ मटेरुवाबाट प्रहरीले दुईलाख भारतीय रुपिँयासहित एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी मटेरुवाले भारतबाट लुकाएर ल्याउँदै गरेको भारतीय रुपिँयासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले भारत अररिया थाना नरपथगंज पोष्ट तलासी वडा नं. १० बस्ने ३४ वर्षीय संजय सिंहलाई चेकजाँचको क्रममा भारतीय रुपिँया फेला पारेको थियो । उनलाई ५०० का ३८८ थान र २००० हजारका २६ थान नोटगरि २ लाख ४६ हजार रुपिँयासहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । सिंहलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्