जहदामा ११ वर्षीया बालिकालाई जर्बरजस्ती करणी, आरोपित भने फरार

<span class='c1'>जहदामा ११ वर्षीया बालिकालाई जर्बरजस्ती</span> <span class='c2'>करणी, आरोपित भने फरार</span>

विराटनगर । मोरङको जहदा–१ धुनीटोलमा ११ वर्षीया बालिकालाई ४५ वर्षीय पुरुषले जर्बरजस्ती करणीको प्रयास गरेका छन् । फागुन ६ गते कोहि नभएको मौका पारेर स्थानीय राजेन्द्र सरबरियाले बालिकालाई मकैबारीमा जर्बरजस्ती करणी प्रयास गरेको खुलेको छ । घटना ढाकछोप गर्ने योजनासहित गाउँमै मिलाउन प्रयास गरिएका कारण ढिलोगरी पीडित प्रहरीकोमा बिहीबार आएका थिए । बाबु र आमा कोहि नभएका परिवारकी बालिकालाई सरबरियाले बलात्यकार प्रयास गरेको घटना मिलाउन प्रयासमा लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपित सरबरिया भने फरार भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । घटनाको जानकारी नै ढिलो गरि दिएका कारण मुख्य आरोपि फरार भएका छन्, प्रहरी निरीक्षक थापाले भन्नुभयो–घटनाको अनुसन्धान सहज होस् भनेर दुईजनालाई पक्राउ गरिएको छ । प्रहरीले पर्शुराम सरबरिया र सानदेव सरबरियालाई नियन्त्रणमा लिएर घटनाको विषयमा प्रारीम्भक अनुसन्धान सुरु गरेको हो । जहदा–१ को राजबंशी टोलमा गत माघ २६ गते एकजना युवतीलाई जर्बरजस्ती करणी भएको थियो । घटनामा संलग्न भनिएका व्यक्तिहरु समेत फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्