पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

<span class='c1'>पूर्वमन्त्री </span> <span class='c2'>जोशीलाई मस्तिष्कघात</span>

काठमाडौँ
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई बिहीबार राति वीर अस्पताल लगिएको थियो ।

उनका सहयोगी पुष्कर पाण्डेले बताए अनुसार उनलाई शुक्रबार बिहान वीरबाट नर्भिक अस्पताल पुऱ्याइएको थियो । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि पाण्डेले जानकारी दिए ।

अस्पतालका अनुसार जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचारमा संलग्न एक चिकित्सकले भने, 'उहाँलाई थ्यालेमिक ह्‍यामरेज भएको हाे अहिले नै केही भन्‍न सकिने अवस्था छैन' ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्