म्याग्दीमा जिप दुर्घटना एक जनाको मृत्यु , चार घाइते

म्याग्दीमा जिप दुर्घटना एक जनाको मृत्यु ,  चार घाइते

म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिएअनुसार मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

रुखबाट लडेर घाइते भएका मालिका–३ का ६२ वर्षीय गोविन्द रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । राइले भने ,'रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ' ।
घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ भने मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको राइले बताए ।

यसैगरी चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । घाइतेको उद्धार तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले गरेका थिए । साथै दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक राईले बताए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्