कोभिड १९का कारण पुरक बजेट ल्याउन बाध्य मेयर चौधरी

<span class='c1'>कोभिड १९का कारण पुरक बजेट ल्याउन</span> <span class='c2'> बाध्य मेयर  चौधरी</span>

ईटहरी
इटहरी उपमहानगरको आठौ नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताउनुभयो । उहाँले सातौ नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको वताउनुभयो ।
सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान प्रस्तुत गर्नुभयो । यसैगरि सभामा उपमेयर गौतमले विनियोजन ऐन विधेयक,आर्थिक ऐन संसोधन विधेयक,विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्र्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक,इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक,इटहरी भू उपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक र टोल विकास संस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक २०७७ पेश गर्नुभयो । चालु नगरसभामा अर्को वैठक फागुन २५ गते बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्