काठमाडौका वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डाक्टर अंशुमाली जोशीको सेवा बिराटनगरमा

काठमाडौका वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डाक्टर अंशुमाली जोशीको सेवा बिराटनगरमा

विराटनगर फाल्गुन १५ ,

विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्स क्लिनिकले काठमाडौंका ख्यातिप्राप्त डाक्टरको सेवा विराटनगरमा सुरु गर्न लागेको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा सुरु गर्न लागेको हो । मधुमेह , थाईराइड तथा हर्मोन सम्बन्धि  विशेषज्ञ जोशीले यहि फाल्गुन २७ र २८  गतेका दिन बिराटनगरको रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा  रहेको नेपमेड्समा सेवा दिनेछन ।

भारतको नयाँ दिल्ली स्थित प्रतिष्ठित एम्स अस्पतालबाट डीएम गरेका जोशीले काठमान्डौमा सेवा दिदै आएका छन। नेपालका चल्तीका इन्डोक्राइनोलोजिष्टहरुको नाम लिने बितिकै डा जोशीको नाम अग्रपंक्तिमा आउने गर्दछ । काठमाडौ , पोखरा चितवन बुटवल लगायतका स्थानमा डाक्टर जोशीले सेवा दिइरहेका छन ।

अब बिराटनगरमा डाक्टर जोशीको सेवा सुरु भए पछि प्रदेश नम्बर एकका बिमारीले बिशिष्ट  सेवा प्राप्त गर्नेछन।

डा. अंशुमाली जोशीको सेवा लिन अग्रिम नाम दर्ता गराउनु पर्ने नेपमेड्सका संचालक सुभाष भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्