मानव सेवा आश्रमलाई कबिर सेवा आश्रमले दियो ६ कट्ठा जग्गा दान

<span class='c1'>मानव सेवा आश्रमलाई कबिर सेवा आश्रमले</span> <span class='c2'>दियो ६ कट्ठा जग्गा दान</span>

विराटनगर । मानव सेवा आश्रमलाई कबिर सत्संग सेवा आश्रमले ६ कट्ठा जग्गा प्रदान गरेको छ । सडकमा रहेका र असाहय नागरिकको संरक्षणमा काम गर्दै आएको आश्रमको संरचना निर्माणका लागी डम्बर बहादुर खड्काको नाममा रहेको ६ कट्ठा जग्गा शुक्रबार आश्रमलाई प्रदान गरिएको हो ।

महानगरपालिकाको समन्वयमा सदगुरु कविर सेवा आश्रमले जग्गा उपलब्ध गराएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । दिल्ली पब्लिक स्कुल नजिकै रहेको सदगुरु कविर सेवा आश्रमको नाममा १३ कट्ठा जग्गा छ । सो मध्ये ६ कट्ठा जग्गा आश्रमलाई प्रदान गरिएको हो ।

बाकी जग्गा पनि आश्रमलाई प्रयोग गर्न दिने आश्रमले बताएको छ । प्राप्त जग्गामा आश्रमका लागि संरचना निर्माण र पार्क निर्माण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्