शनिबार भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

शनिबार भएको रक्तदान कार्यक्रममा  ४२ पिन्ट रगत संकलन

बिराटनगरको ट्राफिक चोकमा हिजो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विकल्प एन अल्टरनेटीभ्स बिराटनगरका विकल्प फेलोज र महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा बि एस डब्ल्यु प्रथम वर्षमा अध्यनरत विध्यार्थीहरुको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा जम्मा ४२ पिन्ट रगत संकलन भएको थियो ।

/>

विकल्पका संस्थापक अध्यक्ष बसन्त अधिकारिले आवर विराटनगरसंग कुरा गर्दै भने, आजभोली रगत को अभाव धेरै हुने गरेको छ त्यसैले हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ। अधिकारि भन्छन, यस कार्यक्रमलाई सफल बनाउन हामीलाई प्राविधिक रुपमा रेडक्रस बिराटनगरले सहयोग गरेको छ ।

साथै ति विध्यार्थिहरु बिकल्प फेलोजमा इन्टर्नका रुपमा पनि कार्यरत रहेको उनले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्